अन्तिम मिनेटमा गोल गर्दै स्वीट्जरल्याण्ड विजयी

काठमाडौँ । रसिया विश्वकपमा स्वीट्जरल्याण्डले सर्वियालार्इ २-१ ले पराजित गरेको छ । ग्रान्ट जाका र जेर्दान शाकिरीले दोस्रो हाफमा गरेको गोल मद्दतमा स्वीट्जरल्याण्डले सर्बियालार्इ पराजित गरेको हो ।

खेलको पाँचौ मिनेटमै एलेक्जान्डर मिट्रोभिकले गोल गर्दै सर्बियालाई अग्रता दिलाएका थिए। तर पहिलो हाफमा एक गोलले पछि परेको स्वीट्जरल्याण्डले दोस्रो हाफमा दुई गोल गर्‍यो। ५२औँ मिनेटमा जाकाले स्वीस टोलीका लागि बराबरी गोल फर्काए।

स्वीट्जरल्याण्डलाई जारी विश्वकपमा पहिलो जित दिलाउन शाकिरीले ९०औँ मिनेटमा निर्णायक गोल गरे। जितपछि स्वीट्जरल्याण्डले २ खेलबाट ब्राजिल समान ४ अंक जोडेको छ र अन्तिम १६ पुग्ने सम्भावना बलियो बनाएको छ। पहिलो खेलमा कोस्टारिकालाई हराएको सर्बियाको २ खेलबाट ३ अंक छ। अब अन्तिम खेलमा ब्राजिलले सर्बिया तथा स्वीट्जरल्याण्डले कोस्टारिकासँग खेनेछ।

Loading...