गर्मी छल्न लामो झरना

चितवन । नेपालको मध्य भागमा रहेको चितवन जिल्ला सुन्दरताले भरिपुर्ण छ । पर्यटकीय नगरी मानिने सौराह अनि आसपासको क्षेत्रमा मन लोभाउने सुन्दर दृश्य ताल तलैया, चितवन राष्ट्रिय निकुञ्ज भित्रको जिप सफरी, हात्ती सफरी, डुङ्गा सयरलगायत अनेकौँ ठाँउ छन् ।

पछिलो समय यहा घुम्न आउने पर्यटकहरु चितवनमा गर्मी बढ्दै गएपछि गर्मी छल्नको लागि यहाँका बासिन्दाहरु विभिन्न ठाउँमा रहेका पौडी पोखरी, खोला, झरनाहरुमा जाने क्रम बढ्दै गएको छ । पर्यटकीय दृष्टिकोणले समेत महत्वपूर्ण रहेको चितवनको मुग्लिङ नारायणगढ सडक खण्डमा पर्ने जलवीरेको लामो झरनामा गर्मी छल्न आउने पर्यटकहरु समेत बढ्दै गइरहेका छन् ।

इच्छाकामना गाउँपालिका वडा नम्बर ६ जलविरेमा रहेको ६० मिटर भन्दा लामो झरना चितवनमा पहिचान भएका ४० उत्कृष्ट पर्यटकीय आकर्षणमध्ये उत्कृष्ट गन्तव्यमा पर्दछ । उक्त झरनाको सौन्दर्यता हेर्न तथा नुहाउनको लागि चितवनबाट मात्रै नभएर जिल्ला बाहिरबाट समेत मानिसहरु आउने गरेका छन् ।

झरना राम्रो भए पनि यहाँ पूर्वाधार नपुगेको आगन्तुकहरु बताउँछन् । प्राकृतिक मनोरम दृष्यका साथै छाँगोबाट झरेको पानीको फोहरा र त्यसबाट झर्ने कञ्चन पानी तथा चिसो हावाको स्पर्शले पर्यटकलाई लोभ्याउने कारण आवश्यक पूर्वाधारविना नै यहाँ पर्यटकको चहलपहल बढेको छ ।

यहाँको झरना पर्यटकीय गन्तव्यका साथै पछिल्लो समय चलचित्रकर्मीहरुको नजरमा समेत पर्ने थालेको छ । वि.सं. २०६९ सालदेखि पर्यटन विकास शुरु भएको जलवीरे झरनामा पछिल्ला केहि वर्षदेखि पर्यटकीय गन्तव्य बनाउन भन्दै विभिन्न कार्यक्रम हुँदै आएका छन् ।

यहाँ पर्याप्त पर्यटकीय पूर्वाधार निर्माण हुन नसकेको भए पनि पर्यटक आउने क्रम बढ्दो छ । नारायणगढबाट मुग्लिङतर्फ २९ किलोमिटर सवारी साधनमा गएपछि आउने जलवीरे मन्दिरबाट झरना पुग्न करिब आठ सय मिटर उकालो हिँड्नुपर्छ ।

पछिल्लो केहि वर्षको प्रयासमा शौचालय, चेन्जिङ रुम, पौडी पोखरी, पार्क र सिँढी निर्माणले झरनाको आकर्षण थपे पनि अझै पूर्वाधार निर्माण र उचित प्रचार हुन सकेको छैन ।

 

Loading...