ट्युनिसिया माथि वेल्जियमको सानदार जितः लुकाकु गोल्डेन बुटको दौडमा रोनाल्डोसँगै

काठमाडौँ । रसिया विश्वकपमा वेल्जियमले लगातार दोस्रो जित निकाल्दै अन्तिम १६ मा पुग्ने सम्भावनालार्इ बलियो बनाएको छ । कप्तान एडेन हाजार्ड र रोमेलु लुकाकुले २-२ गोलको सहयोगमा बेल्जियमले समूहको दोस्रो खेलमा ट्युनिसियालाई ५-२ ले पराजित गर्यो । वेल्जियमका लागि बेल्जियमको लागि अर्को गोल मिचु बात्सुईले गरे।

लुकाकुले पहिलो खेलमा पनि पानामा विरुद्ध दुई गोल गरेका थिए। विश्वकपको लगातार दुई खेलमा दुई-दुई गोल गर्ने लुकाकु सन् १९८६ मा म्याराडोनापछि पहिलो खेलाडी हुन्।

दुईखेलपछि बेल्जियम ६ अंकका साथ समूह जी को शीर्ष स्थानमा छ।

मस्कोस्थित स्पार्टाक स्टेडियममा हाजार्डले छैटौँ मिनेटमै गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए। १६औँ मिनेटमा लुकाकुले पहिलो गोल गर्दै बेल्जियमको अग्रता दोब्बर पारे। त्यसको दुई मिनेटपछि नै ट्युनिसियाका ब्रोनले गोल गर्दै गोलअन्तर कम पारेका थिए।

तर लुकाकुले नै पहिलो हाफको इन्जुरी टाइममा व्यक्तिगत दोस्रो गोल गरेपछि बेल्जियले पहिलो हाफमै ३-१ को अग्रता बनायो।

दोस्रो हाफमा बेल्जियमले २ गोल थप्यो। ५१औँ मिनेटमा हाजार्डले व्यक्तिगत दोस्रो गोल गरे।

हाजार्ड र लुकाकु एकै खेलमा दुई-दुई गोल गर्ने सन् २०१४ को सेमिफाइनलपछि पहिलो जोडी बनेका छन्। ब्राजिलमा भएको २०१४ को विश्वकप सेमिफाइनलमा जर्मनीका टोनी क्रुस र आन्द्रे सुरलेले दुई-दुई गोल गरेका थिए।

यस्तै बेल्जियमका लागि मिच बात्सुईले ९०औँ मिनेटमा बेल्जियमको लागि पाँचौ गोल गरे। ट्युनिसियाका लागि इन्जुरी टाइममा कप्तान वाहवी खाजरीले गोल फर्काए।

ट्युनिसिया विरुद्ध दुई गोल गरेसँगै लुकाकुको गोलसंख्या रसिया विश्वकपमा ४ पुगेको छ। पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले पनि २ खेलमा ४ गोल गरिसकेका छन्। गोल्डेन बुटको यि दुई खेलाडी अगाडी छन्।

Loading...