असार ११ गते देखि १३ गतेसम्म योग शिविर

नवलपुर । असार ११ गते देखि १३ गते सम्म कावासोती स्थित सिद्धार्थ बोडिङ स्कुलमा आयोजना गरिएको योग शिविरको सोमवार एक कार्यक्रम गरि उद्घाट गरिएको छ । नवलपरासीको कावासोतीमा राष्टिय खेलकुद परिषदको आयोजना तथा जिल्ला खेलकुद विकास समिति वर्दघाट सुस्ता पूर्वको संयोजनमा जिल्लामा रहेका बृद्धबृद्धाको लागि योग शिविरको आयोजना गरिएको हो।

आयोजित कार्यक्रममा सासंद रोशनबहादुर गाहा मगरको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै योग अहिलेको व्यस्त समयमा नभई नहुने कार्य भएको हुदा योग र ध्यान गर्न आवस्यक रहेको बताउनुभयो । उहाले योग नै मानव जिवनको स्वास्थ्यलाई स्वस्थ राख्ने प्रमुख आधार भएको कारण पनि समय समयमा यस्ता योग शिविर संञ्चालन गर्न आवस्यक रहेको बताउनुभयो।

जिल्लामा रहेका ज्येष्ठ नागरीकहरुलाई योग अभ्यास गराएर निरोगि बनाउने मुख्य उद्देश्यका साथ शिविरको आयोजना गरिएको जिल्ला खेलकुद व्यवस्थापन समिति नवलपरासी वर्दघाट सुस्ता पुर्वका अध्यक्ष विकास केसीले जाकनारी दिनुभयो । योग विहान साढे ५ः३० वजे देखी ८ः३० सम्म सञ्चालन भएको अध्यक्ष केशीले जानकारी दिनुभयो।

यो अभ्यासका लागी योग गुरु प्रध्यापक डा सुर्यकुमार कार्कीले योग प्रशिक्षण दिनुभएको थियो । योगको समापन असार १३ गते खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा र सदस्य सचिव केशव कुमार विष्ट को आतिथ्यतामा समापन हुने आयोजकले जनाएको छ ।

Loading...