मैनाघाट र हुप्सेकोटसम्म जोड्ने सडक निर्माण कार्य

नवलपुर । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका ८ को भागरा देखि मैनाघाट र हुप्सेकोट सम्म जोडने गरि सडक निर्माणको कार्य अगाडी वढेपछि स्थानीय हर्षित भएका छन । विभिन्न कामले वजार सम्म आउंन यहांका स्थानीयहरुलाई सडक नहुदां खोला किनार नै वाटोको रुपमा प्रयोग गर्ने गर्दथ्ये भने अहिले बाटो निर्माण पछि सरल भएको देखिएका छ।

वर्षातको समयमा वार पार नदेखीने गरि वाढी आउंदा दुई तिन दिन सम्म वजार संगको सम्पर्क नै टुट्ने स्थानियको समस्या थियो । एउटै खोला ३ पटक सम्म तर्नु पर्ने यहांका स्थानीयको वाध्यता बाटो निर्माण पछि भने हटेको छ । भारी वोकेर आवत जावत गर्ने वाटो नहुदां खोलाको प्रयोग गर्न वाध्य भएको भन्दै वर्षातको समयमा खोलाको वाढी घट्ला र तरौला भनेर कुरेर वस्नुपर्ने अवस्था रहेको स्थानिय महिलाहरुको भनाई छ । वाटो निमार्णका लागी अहिले मध्येविन्दु नगरपालीकाले चासो देखाएपछि स्थानीय खुसी भएका छन।

नगरपालीकाले एकमुस्ट रुपमा ५० लाख वजेट छुट्एर वाटो निमार्णको कार्यलाई तिव्रता दिईएको छ । जसवाट अव वाटो वनेसंगै अव जंगल र खाला हुदैं कठीन यात्रा गर्नुपर्ने स्थानीयकको समस्या सामाधान हुने नगरपालीकाकाले विश्वास लिएको छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गतको मध्यविन्दु ८ भागरा हुदै मैनाघाट जोडने सडक निमार्णका लागी दशकौ देखि वजेट विनियोजन भए पनि निर्माण कार्य हुन सकेको थिएन् । झयङकटा देखि मैनाघाट सम्मको १६ सय मिटर वाटो अन्तर्गत १२ सय मिटर वाटो निर्माण को काम सकि सकेको छ।

उक्त वाटो निर्माण भए पछि जिल्लाको पहाडी क्षेत्र मध्यविन्दु नगरपालिकाको वडा नम्वर १३ ,१४ मैनाघाट क्षेत्र र हुप्सेकोट गाउपालिकाका वासिन्दालाइ प्रत्यक्ष लाभ लिन सक्नेछन ।

Loading...