लागु औषध ओसार पोसार गर्ने ४ जना पक्राउ

- बिबेक भण्डारी

नवलपुर । बर्दघाट सुस्तापूर्वनवलपुरमा ठूलो परिमाणमा लागू औषधसहित ४ जनालाई पक्राउ गरिएको छ ।

मंगलबार जिल्ला प्रहरी कार्यालय नवलपरासीबर्दघाट सुस्तापूर्व नवलपुर कावासोतीमा पत्रकार सम्मेलन गरी लागू औषध छोड्न आएका २ जना र लागू औषधलिन आएका दुई जना गरी ४ जनालाई मध्यविन्दु नगरपालिका ८ चोरमारा फूलबारी चोकबाट पक्राउ गरेको जानकारी गराएको छ।

पक्राउपर्नेमावर्दघाट पश्चीमनवलपरासीअन्तरगतपाल्हीनन्दनगाउँपालिका३ बस्ने २७वर्षीय अजितचौधरी, रामग्रामनगरपालिका १० बस्ने २१ वर्षीय नितेशसिंह चौधरी, पूर्वीनवलपरासीको गैडाकोट नगरपालिका६ निवासी २९ वर्षीय सुमितपौडेल र कावासोती १३ निवासी ३२ वर्षीय बलराममहतो रहेको प्रहरी कार्यलयले जनाएको छ ।

उनीहरुको साथबाट फेनार्गन २९६ एम्पुल, नुफिर्न २८० एम्पुल, डाइजापाम ३०६ एम्पुल गरी ८८२ एम्पुललागू औषध बरामद गरेको जिल्लाप्रहरी कार्यालय नवलपुरकाप्रहरी नायव उपरीक्षक लालध्वजय सुवेदीले बताउनुभयो । उनीहरुको साथबाट प्रहरीले ६ थान मोबाइल, ११ हजार पाँच सय रुपैयाँ नगद, उनीहरुले प्रयोग गरेको लु१५प २५९६ नम्बरको मोटरसाइकल र ना४१प १७१० नम्बरको मोटरसाइकल पनि बरामद गरेको छ ।

Loading...