तारा प्रकाश र मेलिनाको निश्चल हिमाल झैु सार्वजनिक

काठमाडौं । पछिल्लो समयक एकदमै रुचाइएकी गायिका मेलिना राई र व्यस्त संगीतकार तथा गायक ताराप्रकाश लिम्बुको स्वरमा नयाँ गीत रिलिज भएको छ। मंगलबार युट्युबमार्फत निश्चल हिमाल झैु बोलको गीत सार्वजनिक गरिएको हो।
सार्वजनिक उक्त गीतमा ताराप्रकाशकै संगीत रहेको छ भने दीपेन्द्र थाम्सुहाङले शब्द दिएका छन्।

भुपेन्द्र तुन्वाहाङ्फे निर्देशित भिडियोमा निराजन प्रधान र सिम्रान श्रेष्ठ फिचरिङ छन्। निकै सुन्दर लोकेशनमा खिचिएको भिडियोमा निराजन र सिम्रानको जोडी मिलेको देखिन्छ। भिडियोलाई निर्देशक भुपेन्द्रले नै खिचेका छन् भने नागिन धिमालले ड्रेन चलाएका छन्। भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन्।

Loading...