ट्रम्प र पुटिन शिखर वार्ता तेस्रो मुलुकमा

मस्को । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका समकक्षी भ्लादिमिर पुटिनले तेस्रो मुलुकमा गएर शिखर वार्ता गर्न सहमत भएका छन्।

उनीहरू तेस्रो मुलुकमा भेट्ने सहमत भए पनि मिति र स्थान भने घोषणा हुन बाँकी रहेको रुसका प्रमुख प्रशासनीक केन्द्र क्रेमलिनले बुधबार जनाएको छ ।

“तेस्रो मुलुकमा गएर उहाँहरूले गर्ने शिखर वार्ताको मिति र स्थानसमेत तय भइसकेको छ, तर त्यसको औपचारिक घोषणा भने भोलि दुवै देशका प्रतिनिधिसँगै रहेर गर्ने छौँ,” रुसको राष्ट्रपतिका सहयोगी युरी उशाकोभले भनेका छन्।

यसअघि अमेरिकी राष्ट्रपति ट्रम उत्तर कोरियाली नेता किम जोङ उनसँग वार्ता गर्न सिंगापुर पुगेका थिए।

Loading...