प्राविधिक शिक्षातर्फ विद्यार्थी आकर्शित

- विबेक भण्डारी

नवलपुर । केहि वर्ष यता जिल्लाका विद्यार्थिहरुको रोजाई प्राविधिक शिक्षा तर्फ बढि रहेको देखिएको छ । जिल्लामा रहेका अधिकाशं विद्यार्थीहरु प्राविधिक शिक्षालाई आफ््नो शिक्षाको रोजाइ बनाएका छन।

नवलपरासीमा रहेका अधिकाशं विद्यालयहरुले पनि अहिले प्राविधिक शिक्षा संञ्चालनलाई नै जोड दिएका छन । यस्तै नवलपरासी देवचुलि नगरपालिका १६मा रहेको देवचुलि माध्यमिक विघालयमा पनि अहिले विघार्थिहरु प्राविधिक शिक्षा अध्ययन गर्न तर्फ रुचि देखाए संगै सो विघालयमा अध्ययन गर्न आउने विघार्थिहरुको संख्या पनि उच्च रहेको देखिएको छ।

भविष्यमा आफुलाई हरेक कार्यमा योज्ञ बनाउन आवस्यक रहेको र त्यो आवस्यकलाई प्राविधिक शिक्षाले पुरा गर्ने हुदा प्राविधिक शिक्षा नै विघार्थिको पहिलो रोजाई बनेको देखिएको छ । अहिले प्रविधिको माग र प्रविधिको विकास भएकै कारण विघार्थिहरु पनि प्राविधि शिक्षा तर्फ आकर्षित भएको देखिन्छ । अहिले आफनै क्षेत्रमा प्रविधिक शिक्षाहरु स्थापना भई रहदा अध्ययन गर्न सरल भएको विद्दार्थिको भनाइ छ।

अहिले विघार्थिहरुको चाहना तथा रोजाइमा पनि प्राविधि शिक्षा रहेकोले विधार्थिहरु पनि यसमा लागेको र देवचुलि मध्यमिक विघालयले पनि सोहि अनुसारको कार्य गरेको देवचुलि माध्यमिक विघालयका प्रचार्य नाराण भण्डारीको भनाइ छ । जिल्लमा रहेका अधिकाशं विघालयहरुले अबको शिक्षा प्रविधि युक्त शिक्षा भन्ने उद्देश्यका साथ प्राविधिक शिक्षा तर्फ जोड दिएका छन ।

Loading...