विश्वकप २०१८ को अन्तिम १६ मा पुग्ने यी देश

रसिया विश्वकप अन्तर्गत समूह चरणका सबै खेल समाप्त भएका छन्। कुल ३२ राष्ट्रबाट १६ राष्ट्रहरू घर फर्किएका छन्। अब नकअाउट चरणका खेलहरू सुरू हुने छन्।

यसपटक साविक विजेता तथा ४ पटकको विश्वकप जितेको जर्मनी समूह चरणबाटै आउट भएको छ । ५ पटकको विजेता ब्राजिल, २ पटकको विजेता अर्जेन्टिनाले अन्तिम खेल जित्दै अन्तिम १६ मा पुगेका छन्।

रसियासहित उरुग्वे, फ्रान्स, इंग्ल्याण्ड र बेल्जियम समेत अन्तिम १६ मा पुगेका छन्।

सन् १९९४ बाट रसियाको नाममा खेल्न थालेपछि आयोजक रसियाले पहिलो पटक समूह चरण पार गरेको हो।

अब शनिवारदेखि नकआउट चरणका खेलहरु सुरु हुनेछन्। प्रिक्वाटरफाइनलमा सबैभन्दा प्रतीक्षा गरिएको खेल दुई पूर्व च्याम्पियन अर्जेन्टिना र फ्रान्सबीच हुनेछ।

उपविजेता बन्दै समूह सी को विजेता फ्रान्ससँग भेट पक्का गरेको हो। त्यस्तै दुई पटकको विजेता उरुग्वे र पोर्चुगलबीच पनि शनिबार नै खेल हुने छ।

यी दुई खेलका विजेता क्वाटरफाइनलमै एकआपसमा भिड्नेछन्। सेमिफाइनलमा ब्राजिल र बेल्जियममध्ये एक सम्भावित अपोनेन्ट हुनेछ। ब्राजिलले प्रिक्वाटरमा मेक्सिकोसँग खेल्नेछ भने बेल्जियमले जापानसँग खेल्नेछ। यी सबै खेल एउटा पोलमा हुनेछ।

चार पूर्व विजेता रहेको यस पोलबाट एक मात्र टिम फाइनल पुग्नेछ।

अन्तिम १६ मा पुग्ने टिमहरु

समूह ए : उरुग्वे, रसिया

समूह बी : स्पेन, पोर्चुगल

समूह सी : फ्रान्स, डेनमार्क

समूह डी : क्रोएसिया, अर्जेन्टिना

समूह ई ब्राजिल, स्वीट्जरल्याण्ड

समूह एफ : स्वीडेन, मेक्सिको

समूह जी : बेल्जियम, इंगल्याण्ड

समूह एच : कोलम्बिया, जापान

 

प्रि-क्वाटरफाइनल भिडन्त

उरुग्वे भर्से पोर्चुगल

स्पेन भर्सेस रसिया

फ्रान्स भर्सेस अर्जेन्टिना

क्रोएसिया भर्सेस डेनमार्क

ब्राजिल भर्सेस मेक्सिको

स्वीडेन भर्सेस स्वीटजरल्याण्ड

बेल्जियम भर्सेस जापान

कोलम्बिया भर्सेस इंग्ल्याण्ड

Loading...