अपडेटः जीप दुर्घटनामा ७ जनाको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुको नेचा सल्यानमा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या सात पुगेको छ।

आज बिहान नेचा सल्यानबाट काठमाडौँ जाँदै गरेको ना१ज १८६० नम्बरको जीप दुर्घटना भएको थियो।

दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि मिनस अस्पताल ओखलढुंगा लगिएको बताइएको छ ।

तिङ्ला र सल्यानको सिमानामा पर्ने गुप्तेश्वर महादेवको मन्दिर नजिकबाट जीप करिब १ हजार मिटर तल खसेको अनुमान गरिएको छ । विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी निरीक्षक एवम् सूचना अधिकारी प्रधुम्न अधिकारीले जानकारी दिए।

Loading...