आदिकवि भानुभक्त माविको स्वर्ण महोत्सवको अवसरमा भुतपुर्व विद्यँर्थिहरु भेला

चितवन । आदिकवि भानुभक्त मावि नारायणगढको स्वर्ण महोत्सवको अवसरमा विद्यँलयका भुतपुर्व विद्यँर्थिहरु भेला भएका छन् । आदिकवि भानुभक्त मावि वि.स. २०२५ सालमा स्थापना भएको थियो।

आदिकवि भानुभक्त मावि भुतपुर्व विद्यार्थि समितिले शुक्रबार मित्र मिलन तथा दहि चिउरा खाने कार्यक्रमको आयोजना गरेको हो । भुतपुर्व विद्यार्थि समितिले यस अघि विद्यालयको भित्तेपात्रो समेत प्रकाशन गरेको थियो । विद्यालयले स्थापनाको ५० बर्ष पुरा गरेको अवसरमा स्वर्ण महोत्सव अन्तर्गत विभिन्न कार्यक्रम गर्दै आएको छ।

भुतपुर्व विद्यार्थि समितिले सोहि विद्यालयबाट २०७४ सालको एसईई परिक्षामा उत्तिर्ण भएका विद्यँर्थिहरुलाइ सम्मान समेत गरेको छ । भुपु विद्यार्थि समितिका अध्यक्ष दिपक नेपालको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्रि प्रसाद अधिकारी, प्रधानाध्यापक विष्णु प्रसाद सापकोटा, शिक्षक अभिभावक संघका अध्यक्ष आश बहादुर तामाङ, शिक्षाविद् एवं विद्यालयका सल्लाहकार रमाकान्त सापकोटा, चितवन साहित्य परिषदका अध्यक्ष सुरेन्द्र अस्तफल, साहित्यकार इन्द्र रेग्मि लगायतको सहभागिता रहेको थियो ।

Loading...