साँझ ५ बजेटबाट धन्दा शुरु, बिहान ८ बजे हिसाब क्लियर

काठमाडौँ । रसिया विश्वकपका खेलअनुसार नेपालमा समेत दैनिक अर्बभन्दा धेरैको बाजी लाग्ने गरेको छ । काठमाडौं, ललितपुर, पोखरा, धरान, वीरगञ्ज, विराटनगर जस्ता सहरमा करोडौंको बाजी लाग्ने गरेको हो ।

काठमाडौंमा त टोलटोलमा सट्टेवाजको जालो पुगेको प्रहरी बताउँछन् । प्रहरीका अनुसार सट्टेबाजको धन्दा साँझ ५ बजेबाट शुरु हुन्छ र रातभर चल्छ । बिहान ८ बजेसम्म हिसाब किताब क्लियर हुन्छ । अनि मोबाइल स्वीचअफ गरेर दिनभर सुत्छन् । खेल ५ बजेबाट शुरु हुने भएकाले सट्टेबाजको सक्रियता पनि त्यही बेलादेखि शुरु हुन्छ ।

सट्टेबाजीका लागि उनीहरुले विशेषगरी भाइबर र फेसबुक प्रयोग गर्छन् । प्रहरीबाट समातिने डरले हिसाबकिताब क्लियर भएलगत्तै भाइबर र फेसबुकमार्फत लगाइएको बाजी डिलिट गर्ने नयाँ पत्रिका दैनिकमा खबर छ ।

Loading...