भारतले धौलीगंगामा बाँध खोल्यो, बाढीको त्रासमा दार्चुला

बैतडी । निरन्तर वर्षाका कारण भारतले धौलीगङ्गाको छिरकला बाँधको पानी शक्रबार साँझ ६ः१५ मा खोलेको छ । जारी गरिएको सूचना अनसार राति १२ बजेसम्म पूरै बाँध खाली गरिने छ ।

जलविद्युत्को मेसिनमा अचानक आएको खराबीले बाँध खोलिएको जानकारी गराइएको छ ।

भारतीय सीमा सुरक्षा बलले बाँध खोलेको सूचना दिएपछि महाकालीमा पानीको बहाव बढेसँगै दार्चुलामा उच्च सतर्कता अपनाइएको छ ।

महाकाली किनारमा रहेको दार्चुला सदरमुकाम आसपासका क्षेत्र संवेदनशील भएको भन्दै सर्वसाधारणलाई सजग गराउँदै उच्च सतर्कता अपनाएको छ ।

भारतले धौलीगङ्गाको छिरकला गङ्गाबाँध खोल्दा महाकालीमा ४० देखि १०० मिलिमिटर पानी बढ्नसक्ने सूचना दिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ ।

भारतले धौलीगङ्गाको छिरकला बाँध खोलेपछि महाकालीमा पानीको बहाव ह्वात्तै बढेको छ ।

यसअघि २०७० सालमा भारतले कुनै जानकारी नदिई धौलीगङ्गाको छिरकला बाँध खोल्दा दार्चुला सदरमुकाम बाढीले बगाउँदा ठूलो धनजनको क्षति भएको थियो ।

यो वर्ष भारतले बाँध खोल्नुपूर्व नै सूचना दिएकोले आवश्य सजगकता अपनाइएको दार्चुला प्रहरी प्रमुख नवराज अधिकारीले जानकारी दिए।

भारतले धौलीगङ्गा छिरकला जलविद्युत्को मेसिन अचानक बन्द भएकाले बाँध खोल्ने सूचना दिएको छ । राति १२ बजेसम्म बाँध पूरै खाली गर्ने भारतले सूचना दिएको छ ।

बाँधमा तीन लाख क्युफिट मिटर पानी रहेको छ । राति १२ बजेसम्म पूरै बाँध खोल्दा महाकाली नदीको पानी दुई मिटर बढ्न सक्ने बताइएको छ ।

Loading...