करेन्ट लागेर दुर्इ जनाको मृत्यु, तीन घाइते

काठमाडौं । बाँकेमा करेन्ट लागेर दर्इ जनाको मृत्यु भएको छ। बिजुलीको हाइटेन्सन लाइनको तार चुँडिएर फैलिएको करेन्ट लागेर २ जनाको भृत्यु भएको हो। करेन्ट लागेर थप ३ जना घाइते भएका छन् ।

जिल्लाको राप्ती सोनारी गाउँपालिका–६, महिनामापुरमा शनिबार बिहान ४ बजे फैलिएको करेन्ट लागेर स्थानीय सुरेश चौधरी र टीकाराम चौधरीको मृत्यु भएको हो । प्रहरीले उनीहरुको शवलाई पोस्टमार्टम गरेर परिवारलाई बुझाएको छ ।

इलाका प्रहरी कार्यालय, भगवानपुर बाँकेले दिएको जानकारी अनुसार, करेन्ट लागेर ३ जना घाइते भएका छन् । घाइते इला शाहीको अवस्था गम्भीर छ । दुई घाइते कमला बुढाथोकी र दिनेश बुढाथोकी भने सामान्य उपचारपछि घर फर्किएका छन् ।

करेन्ट लागेर ३ वटा गाईसमेत मरेका छन् । प्रहरीका अनुसार, चुँडिएर जमिनमा खसेको हाइटेन्सन लाइनको करेन्ट बिहानै फैलिएको थियो ।

Loading...