डा. धनेश्वर भट्टराईको कविता संग्रह “विगुल” काव्य सार्वजनिक

चितवन । डा. धनेश्वर भट्टराईको कविता संग्रह विगुल काव्य सार्वजनिक गरिएको छ । विगुल काव्यको वरिष्ठ कवि एवं साहित्यकार भुवनहरी सिग्देलले विमोचन गरेका हुन् । साहित्य संगम चितवनको आयोजनामा शनिबार विगुल काव्यको सार्वजनिकीकरण तथा शल्यक्रिया गरिएको हो।

डा. भट्टराई वीरेन्द्र बहुमुखी क्याम्पस नेपाली विभागका सह प्राध्यापक समेत हुन् । उनको विगुल काव्यमा राणा शासनको समाप्ति पछिका प्राप्ति र राजनितिक दिशा निर्देशको अभावले निम्ताएको अन्यौलता प्रस्तुत गरिएको छ । उन्नत र समृद्धि समाज निर्माणको महत्वपुर्ण माध्यम राजनिति भएपनि त्यसको कर्म र चिन्तनले किन र कसरी समाज विखण्डीत बनिरहेको छ भन्ने कुरालाइ चासोपुर्ण रुपमा कविताका माध्यमबाट कवि भट्टराईले बाहिर ल्याएका छन्।

राष्ट्रिय आदर्श, उदेश्य र गन्तव्य मध्ये केलाइ प्राथमिकता दिने भन्ने वारे निर्णयहिन अवस्थामा रहिरहनु काव्य रचनाको आधार बनेको कवि भट्टराई वताउंछन् । विगुल काव्यबारे डा. एक नारायण पौडेल र सरीता तिवारीले समिक्षात्मक टिप्पणी गरेका थिए।

सार्वजनिकीकरण कार्यक्रममा साहित्य संगम चितवनका उपाध्यक्ष पुर्ण बहादुर अधिकारीले स्वागत मन्तव्य राखेका थिए । डा. भट्टराईले यसअघि गोर्खानाथ खण्डकाव्य २०६१, कृति र दृष्टि समालोचना संग्रह, आस्थाका स्वरहरु कवितासंग्रह २०६६, देवकोटा जीवनी कविता महाकाव्य यात्रा समालोचना २०७२, समीक्षात्मक अनुशील समालोचना संग्रह २०७२, पारिजात परिचय, चिन्तन र प्रवृत्ति समालोचना २०७२ र देवकोटाका महाकाव्यमा सामाजिक चेतना समालोचना २०७३ प्रकाशन भइसकेका छन्।

८७ पेजको विगुल काव्य शिखा बुक्सले प्रकाशन गरेको हो । कार्यक्रम साहित्य संगम चितवनका अध्यक्ष द्धारिका नेपालको अध्यक्षतामा भएको हो ।

Loading...