४-३ ले अर्जेन्टिनालार्इ निरास पार्दै फ्रान्स क्वाटर फाइनलमा (हेर्नुहोस कजानमा गोलको वर्षा)

रसिया विश्वकप बाट अर्जेटिना घर फर्किएको छ। नकअाउट चरणको पहिलो खेलमा फ्रान्ससँग पराजित हुँदै अर्जेन्टिना घर फर्किएको हो।

फ्रान्सेली स्ट्राइकर एमबाप्पेको दुई गोल गर्दै फ्रान्सलार्इ क्वाटरफाइनलमा प्रवेश गराए। गोलको वर्षा भएको कजानको मैदानमा फ्रान्सले ४-३ ले अर्जेन्टिनालार्इ पराजित गरेको हो।

ग्रिजम्यानले पेनाल्टीबाट गोल मार्फत अग्रता लिएको फ्रान्स खेल अवधिभर अर्जेन्टिना माथि दबाब कायम गरेको थियो।

अर्जेन्टिना मध्यान्तर हुनुभन्दा चार मिनेटअघि डि मारियाको शानदार गोलबाट खेलमा फर्कन खोजे पनि सफल हुन भने सकेन्।

डिमारियाले ३५ यार्ड परबाट बायाँ खुट्टाले प्रहार गरेको बलले पोस्ट भित्र प्रवेश गरेपछि अर्जेन्टिना खेलमा फर्किएको थियो।

मध्यान्तरसम्म खेल १-१ को बराबरीमा थियो। मध्यान्तर लगत्तै ग्याब्रियल मर्काडोले गोल गरी अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। तर यो अग्रता धेरै टिक्न सकेन्।

५७ औँ मिनेटमा फ्रान्समा अर्का डिफेन्डर पाभार्डले गोल गरी बराबरी गरे। उनले पोस्टको माथिल्लो छेउ च्यापेर हानेको बल अर्जेन्टिनाको पोस्टभित्र छिर्यो।

त्यसपछि चार मिनेटमा एमबाप्पेले फ्रान्सका लागि दुर्इ गोल गरे। उनले ६४ औँ र ६८ औँ मिनेटमा गरेको गोल दर्शनीय थियो।

तर अर्जेन्टिनाले अन्तिम समयसम्म संघर्ष जारी राख्यो। चार मिनेट थपिएको इन्जुरी टाइममा तेस्रो मिनेटमा सेर्गियो अगुएरोले गोल गरी अर्जेन्टिनाको गोल अन्तर घटाए पनि बराबरी गरी एक्स्ट्रा टाइममा खेल धकेल्न भने असफल भयो।

Loading...