उरूग्गेसँग पराजित हुँदै घर फर्कियो रोनाल्डोको पोर्चुगल

पोर्चुगललार्इ पराजित गर्दै उरूग्गे रसिया विश्वकपको क्वाटर फाइनलमा प्रवेश गरेको छ। योसँगै रियल मेड्रिड स्टार क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगल दोस्रो चरणबाटै बाहिरिएको हो।

कभानीले सातौँ र ६२ औँ मिनेटमा गरेको गोलसँगै उरुग्वेले पोर्चुगललाई २-१ ले हराउँदै अपराजित यात्रालार्इ निरन्तरता दिएको हो।

योसँगै उसले असार २२ गते शुक्रबार हुने क्वार्टर फाइनलमा फ्रान्ससँगको भेटलार्इ पक्का गरेको हो।

खेलको सातौँ मिनेटमा लुइस स्वारेजको पासमा कभानीले हेड मार्फत गोल गर्दै उरूग्गेलार्इ अग्रता दिलाएका थिए। खेलको ५५ औँ मिनेटमा पेपेको गोलले खेलमा फर्किएको पोर्चुगललाई ६२ मिनेटमा पुनः कभानीले गोल गरी निरास पारे।

 

Loading...