रत्ननगर नगरपालिकाद्धारा उत्कृष्ट किसानलाई सम्मान

चितवन, रत्ननगर । लामो समय देखि कृषि पेशामा सक्रिय रत्ननगर नगरपालिका भित्रका किसानहरुलाई आइतवार सम्मान गरिएको छ । रत्ननगर नगरपालिकाले ६० बर्ष भन्दा माथी उमेर भएका तीन जना किसानलाई सम्मान र चारवटा कृषक समुहलाई पुस्कृत गरेको उपमेयर विमला दुवाडीले जानकारी दिइन।

रत्ननगर ९ का विष्णुहरि देबकोटा,वडा नं.११ का तिलक बहादुर घिमिरे र रत्ननगर १२ का हिमनाथ पोखरेललाई सम्मान गरिएको हो । मेयर नारायण वन र उपमेयर दुवाडीले उनीहरुलार्ई नगद ७ हजार,दोसल्ला र सम्मानपत्रले सम्मान गरेका थिए।

कार्यक्रममा इन्द्रेणी कृषक समुह,सदावहार कृषक समुह,जसपाल कृषक समुह र नागबेली कृषक समुहलाई क्रमश ३ हजार,२४ सय १८ सय र एक हजार रुपैयाले पुरस्कृत गरिएको कृषि शाखा प्रमुख शिवराज पौडेलले जानकारी दिए । सो अबसरमा मेयर वनले उत्पादन मुलक कार्यमा नगरपालिकाले लगानी गर्ने भन्दै उनले व्यवसायिक रुपमा कृषिकर्म सुरु गर्ने किसानलाई तालिम संगै सहुलीयत व्याजमा ऋण प्रदान गर्ने बताए । कार्यक्रम नगरपालिकाको आर्थिक विकास समितिका संयोजक गोविन्द भट्टराईको अध्यक्षतामा भएको थियो ।

Loading...