अायोजक रसियासँग पराजित हुँदै २०१० को विश्वविजेता स्पेन अन्तिम १६ बाट बाहिरियो

अायोजक रसियासँग पेनाल्टी सुटअाउटमा पराजित हुँदै सन् २०१० को विश्वविजेता स्पेन अन्तिम १६ बाट बाहिरिएको छ।

अायोजक रसियाले स्पेनलार्इ पेनाल्टीसुटआउटमा ४-३ ले पराजित गर्दै आयोजक क्वाटरफाइनल यात्रा तय गरेको हो।

रूसको राजधानी मस्कोमा भएको खेलमा निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटको समय १-१ को बराबरीमा रोकिएपछि पेनाल्टी सुटआउटबाट खेलको निर्णय भएको हो।

जहाँ स्पेनका कोके र इयागो गोल गर्न असफल भए। दुवैको पेनाल्टी प्रहार रसियाका गोलकिपर अकिनफिभले रोके। इयागोको पेनाल्टी गोलकिपर अकिनफिभले ढलिसकेका बेला खुट्टाले छेकेर बचाएका थिए।

रसियाका लागि स्मोलोभ, इग्नासोभिक चेरिसेभ र गोलोभिनले गोल गरे। स्पेनका इनेष्टा, पिके र रामोसले मात्र गोल गरे।

मस्कोस्थित लुजनिकी स्टेडियममा रसियाका सर्गेई इग्नासेभिचले आफ्नै पोस्टमा गोल गरेपछि स्पेनले १२औँ मिनेटमै घरेलु टोली विरुद्ध अग्रता बनाएको थियो।

तर रसियाले पहिले हाफमै बराबरी गोल फर्कायो। ४१औँ मिनेटमा अर्टेम ज्युबाले पेनाल्टीमा गोल गर्दै खेल बराबरी गरे।

निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि ३० मिनेटको अतिरिक्त समय थपिएको हो।

निर्धारित समयमा पनि खेल बराबरीमा थपिएपछि खेलको विजेता पेनाल्टी सुटअाउटबाट निर्धारण गरिएको हो।

विश्वकप फुटबलको इतिहासमै पहिलो पटक खेल थप समयमा गएपछि चौँथो वैकल्पिक खेलाडिले प्रवेश पाए। फिफाको नयाँ नियम अनुसार अतिरिक्त समयमा खेल पुगेको खण्डमा चौथो वैकल्पिक खेलाडी प्रयोग गर्न पाउनेछ।

९७औँ मिनेटमा डालेभ कुज्याभको स्थानमा रसियाले अलेक्जान्डर येरोदखिनलाई मैदान उतार्दै चौथो वैकल्पिक खेलाडी खेलायो। यस्तै स्पेनले पनि १०४औँ मनेटमा मार्को असेन्सिओको स्थानमा रोड्रिगोलाई चौथो वैकल्पिक खेलाडीको रुपमा खेलाएको थियो। तर पनि खेल बराबरीमै सकियो।

Loading...