अन्र्तराष्ट्रियस्तरको प्रतिस्पर्धामा नेपालका २ चित्रकार उत्कृष्ट

भरतपुर, चितवन । अन्र्तराष्ट्रियस्तरका चित्रकारबीचको अनलाइन प्रतिस्पर्धामा नेपालका २ जना चित्रकार उत्कृष्टको सूचिमा परेका छन् । अन्तराष्ट्रिय वाटरकलर सोसाइटी नेपालको आयोजनमा भएको ‘इन्टरनेसनल वाटरकलर अनलाइन कन्टेस्ट’ मा २२ देशका ४ सय चित्रकार सहभागी भएका थिए।

प्रतिस्पर्धामा ‘टप थ्री’ को सूचिमा नेपालबाट चितवनका डि बराल, संखुवासभाका डिवि राई र मंगोलियाका मुख्खु गुगु परेका छन् । बरालको पोखराको रमण्ीय दृश्य चित्र, राइको काठ्माण्डाको असनको दृश्य चित्र, मुख्खुको बाज र मानिसको मुहार चित्र उत्कृष्टमा परेका हुन्।

बराल र राई २० वर्ष यता चित्रकलामा सक्रिय रहदै आएका छन् । अन्तराष्ट्रियस्तरका कार्यशाला, प्रर्दशनीमा सहभागि बन्दै आएका दुबै चित्रकार मुहार र दृश्य चित्रमा पोख्त मानिन्छन् । पर्यटन प्रर्वद्धन, कला संस्कृति जगेर्नाका कार्यशालामा चित्रकार बराल देशव्यापी अभियानमा समेत छन् । डि बरालको सौराहामा ‘क्रियटिभ आर्ट ग्यालरी’ सञ्चालनमा छ । डिवि राई राजधानीबाटै कला क्षेत्रमा लागिपरेका छन् ।

सो प्रतिस्पर्धामा नेपालका तर्फबाट ६० जना चित्रकार सहभागि थिए । २ महिना पहिले चित्रकारले हातले कोरेका चित्र अनलाइन मार्फत आयोजकलाई बुझाएका थिए । अन्तराष्ट्रिय वाटरकलर सोसाइटी नेपालका अध्यक्ष एनबी गुरुङले ‘टप थ्री’ चित्रकारलाई काठ्माण्डौमा मंसीर १७ गते देखि सुरु हुने दोस्रो अन्तराष्ट्रिय वाटरकलर फेष्टिबलमा पुरस्कृत गरिने जानकारी दिए।

उनका अनुसार ५० देशका चित्रकार सहभागि हुने फेष्टिबल एक हप्ता चल्ने छ । सो फेष्टिबल काठ्माण्डौ र लुम्बिनिमा हुनेछ । फेष्टिबलमा करिव ४ सय बढी चित्र प्रर्दशनीमा राखिनेछन् । वाटरकलर सोसाइटीका शाखा ८३ बढी देशमा छन् ।

Loading...