आफैंले ल्याएको अध्यादेशविपरीत सम्बन्धन दिने तयारीमा शिक्षामन्त्री

काठमाडौँ। सरकारले विद्मान चिकित्सा शिक्षा अध्यदेश विपरित मेडिकल कलेजहरूलार्इ सम्वन्धन दिने तयारी थालेको छ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल यस अगाडि आफैंले हस्ताक्षर गरेर राष्ट्रपतिमार्फत जारी अध्यादेशविपरीत स्वास्थ्य शिक्षा संस्थालाई सम्बन्धन दिने प्रयास थालेका छन् ।

माथेमा कार्यदलको प्रतिवेदनअनुसउार चिकित्सा शिक्षाका सबै कार्यक्रमको सम्बन्धत तथा नियमन गर्ने जिम्मेवारी चिकित्सा शिक्षा आयोगलाई दिने गरी अध्यादेश जारी भएको थियो ।

तर अध्यादेश जारी भएकै बेला अध्यक्षको रुपमा सीटीईभीटीको बैठक राखेर मन्त्री पोखरेलले केही कलेजलाई सम्बन्धन दिने प्रयास गरेका छन्।

सरकारले १३ वैशाखमा राष्ट्रपतिलाई बुझाएको अध्यादेशमा स्वास्थ्यकर्मी उत्पादन गर्ने सबै संस्थालाई चिकित्सा शिक्षा आयोगले नियमन गर्ने उल्लेख छ।

तर, स्नातकभन्दा तलका नर्सिङ, ल्याब, असिस्टेन्ट र फार्मेसीलगायतका क्षेत्रलाई अलग्याएर सीटीईभीटीबाट सम्बन्धन दिने गरी शिक्षामन्त्री पोखरेल लागेका छन्।

Loading...