स्वीस बैंकमा कति छ नेपालीको रकम ?

काठमाडौ । हालैका वर्ष स्वीट्जरल्यान्डका बैंकहरुमा नेपालको निक्षेप बढेको छ । स्वीस नेशनल बैंक (एसएनबी) ले हालै सार्वजनिक गरेको २०१७ को वार्षिक प्रतिवेदनले यसको पुष्टि गरेको छ।

सन् २००८ मा त्यहाँका बैंकमा कुल ८ करोड ६२ लाख २१ हजार स्वीस फ्रयांकबराबरको नेपालीको रकम रहेकोमा गतवर्ष त्यस्तो रकम ३२ करोड २८ लाख ८४ हजार पुगेको रिपोर्टलार्इ हवाला दिँदै आर्थिक अभियान दैनिकले लेखेको छ।

एएएनबीले नेपालप्रति दायित्वका रुपमा लेखांकन गरेको सो रकम नेपाली व्यक्ति तथा संस्थाको निक्षेप हो ।

अभियान लेख्छ–कतिपयले यसलाई कालोधन भने पनि त्यस्तो सबै रकम कालोधन भने होइनन् ।

Loading...