स्वीट्जरल्याण्डलार्इ हराउँदै २४ वर्ष पछि क्वाटरफाइनलमा स्विडेन

काठमाडौँ । स्वीट्जरल्याण्डलार्इ १-० ले पराजित गर्दै स्विडेन २४ वर्ष पछि विश्वकप फुटवलको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

सन् १९५८ मा फाइनलसम्म पुगेको युरोपियन राष्ट्र स्वीडेन २४ वर्षपछि रसिया विश्वकप २०१८को क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

एमिल फोसबर्गले दोस्रो हाफमा गरेको एक मात्र गोलसँगै स्विडेनले स्विट्जरल्याण्डलार्इ अन्तिम १६ बाटै घर फर्काएको हो।

स्वीडेन १९९४ पछि पहिलो पटक विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको हो।

यसअघि स्वीडेन २००६ मा अन्तिम १६ बाट बाहिरिएको थियो। सन् २०१० र १४ मा विश्वकप गुमाएको स्वीडेनले २०१८ को विश्वकप यात्रा तय गर्दा इटलीलार्इ निरास पारेको थियो।

स्विडेनका लागि ६६औँ मिनेटमा फोसवर्गले गोल गरेका थिए।

Loading...