पेनाल्टी सुटअाउटमा कोलम्वियालार्इ निरास पार्दै इंग्ल्याण्ड अन्तिम ८ मा

पेनाल्टी सुटआउटमा कोलम्बियालाई पराजित गर्दै इंग्ल्यान्ड रसिया विश्वकपको क्वाटर फाइनलमा प्रवेश गरेको छ।

कप्तान ह्यारी केनले ५७ औँ मिनेटमा गरेको पेनाल्टीका मद्दतले इंग्ल्यान्ड कोलम्बियालाई अन्तिम मिनेट सम्म दबाबमा राखेको थियो। थपिएको पाँच मिनेटको तेस्रो मिनेटमा पाएको कर्नरलाई येरी मिनाले हेड गर्दै गोल गरेपछि कोलम्बियाले खेललाई थप ३० मिनेट लम्विएको थियो।

थपिएको समयमा पनि कुनै गोल हुन नसकेपछि पेनाल्टी सुटआउटबाट विजेता निर्धारण गरिएको हो ।

इंग्ल्यान्डका गोलकिपर पिकफोर्ड र कोलम्बियाका ओस्पिनाले विपक्षीको एक एक बल रोके। कोलम्वियाका उरिवेको बल वारमा ठोकिएर फर्कियो।

इंग्ल्यान्डका तर्फबाट ह्यारी केन र मार्कस रसफोर्ड तथा कोलम्बियाका तर्फबट कुअादराद्रो र लुइस मुरियलले सुरुमा गोल गरे।

इंग्ल्यान्डका हेन्डरसनको पेनाल्टी ओस्पिनाले रोक्न सफल भएका थिए। कोलम्बियाका कार्लोस बाकाको पेनाल्टी पिकफोर्डले रोके।

Loading...