बूढीगण्डकी फेरि चिनियाँ कम्पनीलाई दिने तयारी

काठमाडौ । सरकारले बहुचर्चित बूढीगण्डकी जलविद्युत्त आयोजना निर्माणको जिम्मा फेरि चिनियाँ कम्पनीलाई दिने संकेत गरेको छ ।

कारोबार दैनिकका अनुसार, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अघिल्लो सरकारको निर्णयलाई हतारको निर्णयको संज्ञा दिँदै यसमा पुनरावलोकन हुने जानकारी दिएका छन् । उनले सरकारले यसमा पुनरावलोकन गरिरहेको र चाँडै नै आवश्यक निर्णय लिने बताए ।

१२ सय मेगावाट क्षमताको यो जलाशययुक्त आयोजना विगतमा पुष्पकमल दाहाल नेतृत्वको सरकारले चिनियाँ कम्पनीलाई दिने निर्णय गरेको थियो । दाहाल नेतृत्वको सरकार कामचलाउ भइसकेपछि गरिएको यस्तो निर्णयको सर्वत्र विरोधपछि संसदीय समितिको निर्देशनपछि शेरबहादुर देउवा नेतृत्वको सरकारले चिनियाँ कम्पनीसँगको सम्झौता भंग गर्दै स्वदेशी लगानीमै बनाउने निर्णय गरेको थियो ।

Loading...