संसदले दाताको सहयोग नलिने

काठमाडौँ । संसद् सचिवालयले सरकारबाहेक कसैसँग आर्थिक सहयोग लेनदेनको सम्झौता नगर्ने भएको छ । सांसदलाई तालिम दिन संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को सहयोग लिएकोमा विरोध भएपछि संसद् सचिवालयले सरकारको बजेट मात्रै लिने घोषणा गरेको कान्तिपुरमा समाचार छ ।

संसदमा ०६४ यता दातृ निकायको प्रवेश भएको थियो । कार्पेट पर्दादेखि सांसदले बोल्ने माइकसमेत दाताकै सहयोगमा जुटाइएको छ । अब भने संसदले दाताको कुनै पनि सहयोग लिने छैन ।

Loading...