असार २९ गते हलमा आउने “बाबु कान्छा”

चितवन । असार २९ गतेदेखि प्रदर्शनमा आउन लागेको बाबु कान्छाका कलाकारहरु चितवन आएका छन् । चलचित्रको प्रचार प्रसार गर्ने क्रममा कलाकारहरुको टोलीले चितवनमा पत्रकार सम्मेलन गर्दै चलचित्र पारिवारीक भएको बताए।

चलचित्र ए मेरो हजुर २ बाट निकै तारिफ पाएका सलोन बस्नेतको मुख्य भूमिका रहेको बाबु कान्छामा नायिका करिष्मा श्रेष्ठ रहेकी छिन् । शोभित बस्नेतको निर्माण तथा निर्देशन रहेको बाबु कान्छामा सलोन बस्नेत नीर शाह, सरोज खनाल, राजाराम पौडेल, लय संग्रौला, ऋतिक शाही, सम्राट सापकोटा, मञ्जु पौडेल, गीता अधिकारी, रामेश्वर रिजाल, शुशान्त श्रेष्ठ, बिक्रम कंडेल लगायतको अभिनय रहेको छ । यस चलचित्रबाट अश्लिन ज्ञवाली र ज्योत्सना महर्जनले डेव्यू गर्दैछन्।

२०७२ सालमा जाउ हिंड पोखरा आएपछि शोभित बस्नेतद्वारा निर्देशित चलचित्र बजारमा आएका थिएनन् । चलचित्रको अधिकांश भाग चितवनमा छायाँंकन गरिएको कार्यकारी निर्माता रबि अधिकारीले जानकारी दिए । सञ्चारकर्मी रबि अधिकारी कार्यकारी निर्माता रहेको बाबु कान्छामा सन्तोष राजभण्डारी र सुरज घिमिरे सह–निर्माताको रुपमा रहेका छन् । चलचित्रको लगानी करिब ७० लाख रुपैयाँ रहेको अधिकारीले जानकारी दिए ।

Loading...