२९ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री तथा झोला वितरण

चितवन । एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाले शनिबार ९६औँ अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसर पारेर २९ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री तथा विद्यालय झोला वितरण गरेको छ।

संस्थाको शिक्षा क्षेत्रको वार्षिक कार्यक्रमअन्तर्गत संस्थामा आवद्ध आर्थिक अवस्था कमजोर भएका शेयर सदस्यका छोराछोरीलाई उक्त सामाग्री वितरण गरिएको संस्थाका उपाध्यक्ष शान्तलाल प्रधानले जानकारी दिए । न्युन आयस्रोत भएका शेयर सदस्यका छोराछोरीलाई पठनपाठनमा सहज होस् भनेर कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ।

११ वटा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गरिएको हो । यस्तो खालको कार्यक्रमले विद्यार्थीमा थप हौसला बढ्ने भएकोले विद्यार्थीको क्षमता विकासमा समेत टेवा पुग्ने उनको बुझाइ छ ।

संस्थाले विगत चारवर्षदेखि विद्यार्थीहरूको लागि यो कार्यक्रमको सुरू गरेको संस्थाकी व्यवस्थापक सरू ढकालले जानकारी दिइन् । आगामी वर्षहरूमा पनि यसलाई निरन्तरता दिँदै जाने संस्थाले लक्ष्य लिएको उनले बताइन् । साथै सोही अवसरमा २०७४ सालमा एसईई परीक्षा पाँच जना विद्यार्थीलाई नगदसहित प्रशंसापत्रद्वारा सम्मान गरिएको छ । नेप्स्कुन सञ्चालक सदस्य शान्ति अधिकारीबाट सम्मान गरिएको हो ।

Loading...