प्रधानमन्त्री कार्यालय मातहतका विभागका काम कारवाही सुस्त

काठमाडौँ । प्रधानमन्त्री कार्यालयलाई शक्तिशाली बनाउने गरी यसको मातहत विभिन्न अनुसन्धानमूलक निकाय ल्याइए पनि ती निकाय प्रभावकारी बन्न सकेका छैनन् ।

प्रधानमन्त्री केपी ओलीकै रुचिका आधारमा चार महिनाअघि राष्ट्रिय अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण विगभालाई प्रधानमन्त्री कार्यालय मातहत ल्याइएको थियो । तर ती निकायले काम–कारबाहीलाई प्रभावकारी बनाउँदै शक्तिशाली निकायका रुपमा स्थापित गराउन सशक्त पहल थालिएको पाइएको छैन ।

प्रधानमन्त्री ओलीले पनि ती निकायलाई शक्तिशाली बनाउनेतर्फ खासै ध्यान दिन नसकेको बताइएको अाजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

प्रधानमन्त्री मातहत ल्याइएका र रहेका अन्य सबै निकायलाई सशक्त एवं प्रभावकारी बनाउन आवश्यक कार्ययोजना छिट्टै ल्याइने प्रधानमन्त्री ओलीका मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमालले बताएका छन्।

अनुसार राष्ट्रिय सतर्कता केन्द्र, गरिबी निवारण कोष, सार्वजनिक खरिद अनुगमन कार्यालय, नेपाल ट्रस्ट, कर्णाली विकास आयोजना, सुदूरपश्चिम विकास आयोगलगायत निकाय पनि प्रभावहीन बनेका छन् ।

Loading...