बिअारअार्इको कार्यक्रममा सहभागि हुन माधव नेपाल चीन तर्फ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल चीन प्रस्थान गरेका छन् ।

सिल्क रोड इन्टरनेसनल कोअपरेसन अर्गनाइजेसनको निमन्त्रणामा ‘बेल्ट एण्ड रोड इन्टरप्राइजेज इन्टरनेसनल इकोनोमिक एण्ड ट्रेड कम्युनिकेसन फेयर’ मा सहभागी हुन नेपाल चीनको गान्सु प्रान्ततर्फ प्रस्थान गरेका हुन् ।

नेता नेपाल नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठसहित गएराति प्रस्थान गरेको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । उनीहरु यही जुलाई १५ मा स्वदेश फर्किनेछन् ।

Loading...