नदी किनारमा टतबन्ध लगाइएपछि स्थानीय सुरक्षित महसुस

चितवन । नदी किनारमा जालीसहित तटबन्ध गरिएपछि नारायणी नदी किनार आसपास बस्दै आएका स्थानीयले राहत महसुस गरेका छन् । नेपाल सरकार सिंचाई मन्त्रालय अन्तर्गत जलउत्पन्न प्रकोप व्यवस्थापन विभागले नदी व्यवस्थापनको काम गरेपछि नदी किनार आसपास बस्दै आएका र्वसाधारणलाई प्रत्यक्ष लाभ मिलेको हो।

नदीले वर्षेनि जमिन कटान गरेपनि सरकारले आर्थिक वर्ष २०६६–०६७ देखि नदी व्यवस्थापनको काम सुरु गरेको हो । जलउत्पन्न प्रकोप व्यवस्थापन विभाग नारायणी नदी व्यवस्थापन आयोजनाको भरतपुर कार्यालयले दिएको जानकारी अनुसार चितवनतर्फ नारायणगढको पुलचोकदेखि गोलाघाटसम्मको ३५ किलोमिटर र नवलपुरतर्फ गैँडाकोटको पुलचोकदेखि सुस्तासम्मको ६५ किलोमिटर दूरीमा जालीसहितको बाँध लगाउने काम भइरहेको छ।

लक्षमध्ये हालसम्म चितवनतर्फ १३ किलोमिटर र नवलपुरतर्फ १० किलोमिटर क्षेत्रमा बाँध लगाइएको कार्यालयका सिनियर डिभिजनल ईञ्जिनियर (सीडीई) दीनेश पौडेलले जानकारी दिनुभयो । सरकारको लक्ष्यअनुसार आर्थिक वर्ष २०८०–०८१ सम्म यो काम चलिरहने उहाँले बताउनुभयो ।

यो वर्षको चितवनतर्फ १५ करोड र नवलपुरतर्फ १० करोड गरी २५ करोड रूपैयाँ बराबरको बजेटमा काम भइरहेको उहाँले बताउनुभयो । गत आर्थिक वर्षमा दुवैतर्फ गरेर २४ करोड रूपैयाँ बजेट आएको थियो । अहिलेसम्मको भौतिक प्रगति हेर्दा जम्मा ३० प्रतिशत मात्रै काम भएको देखिएको छ । तर, वार्षिक प्रगति हेर्ने हो भने प्रत्यक वर्ष ९५ प्रतिशतभन्दा बढी काम भएको कार्यालयको दावी छ । वर्षाको समयमा नदीले कटान गरेको र बढी क्षेति पु¥याएको स्थानको स्थलगत अध्ययन र अनुगमन गरेर काम गर्दै आएको उहाँको भनाइ छ ।

Loading...