स्थायी शिक्षक परिक्षामा उम्मेदवारको उल्लेख्य आकर्षण

चितवन । शिक्षक सेवा आयोगले लिन लागेको स्थायी शिक्षक परिक्षामा उम्मेदवारको उल्लेख्य आकर्षण देखिएको छ । आयोगले लामो समयपछि लिन लागेको परिक्षाको दरखास्त आवेदन फर्म बुझाउने उम्मेदवारहरुको आकर्षण चितवनमा पनि उल्लेख्य रहेको छ । पछिल्लो हप्ता शिक्षा विकास तथा समन्वय इकाई चितवनमा फर्म बुझाउने उम्मेदवारहरुको भिड लाग्ने गरेको छ।

मंगलबार सम्म प्रावि तर्फको शिक्षकको लागी १५ सय ४० जनाले, निमावि तर्फ ७ सय ८३ जनाले र मावि तर्फ ३ सय ७६ जनाले आवेदन फर्म दर्ता गरि प्रवेश पत्र लिइसकेका छन् । आयोगले चितवन जिल्लाको प्रावि तहका लागि २ सय ५४ जना, मध्यमाञ्चल क्षेत्रको निमावि तहका लागी ४ सय ४२ जना र मध्यमाञ्चल क्षेत्रकै मावि तहका लागि ३ सय १५ जना शिक्षकको माग गरेको छ।

चितवनमा असार १० गतेदेखि आवेदन फर्म दर्ता शुरु भई असार ३० गते सम्म दर्ता गरिने शिक्षा विकास तथा समन्वय इकाई चितवनका इकाई प्रमुख दिपेन्द्र सुवेदीले जानकारी दिए । उम्मेदवारले साउन ६ गते सम्म डबल दस्तुर बुझाएर फर्म दर्ता गर्न सक्ने उनले वताए । दैनिक राति ८ बजेसम्म उम्मेदवारका आवेदन फर्म दर्ता गरेर प्रवेश पत्र दिने गरिएको उनको भनाइ छ।

आयोगले उम्मेदवारहरुको आश्विन ११ गते परिक्षा लिने छ । असार ३० गते सम्ममा हालको संख्याको दोब्बर बढि उम्मेदवारले फर्म दर्ता गर्न सक्ने सुवेदीको अनुमान छ । पुरुष र महिलाको अनुपातमा महिला उम्मेदवारको संख्या बढि रहेको उनले वताए । गत फागुन मसान्त सम्ममा चितवनमा रिक्त शिक्षकका पदपुर्तिका लागी माग गरिएको थियो । आयोगले निकालेको विज्ञापनबाट फागुन मसान्त अघि सम्म रिक्त रहका शिक्षकको माग पुरा हुने उनले वताए ।

Loading...