कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालको इमर्जेन्सी कक्षबाट बिरामीले उपचार समयमै पाउदैन

चितवन । भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालको इमर्जेन्सी कक्षबाट बिरामीले पाउनुपर्ने अत्यावश्यक सेवा समयमै नपाएको भन्दै उपचारका लागि अस्पताल पुगेका बिरामीले गुनासो गरेका छन्।

समयमै अस्पताल पुगेका बिरामीले सामान्य उपचार पाउन पनि दिनभर कुर्नुपर्ने बाध्यताले गर्दा बिरामीहरु आजित परेका छन् । रत्ननगर पिठुवाका नेत्र गुरूङ सवारी दुर्घटनाबाट घाइते भएपछि मध्यान्ह साढे १२ बजे अस्पताल आइपुगे पनि उपचार भने साँझ साढे ५ बजे मात्रै पाएको बताउनुभयो।

निधार र ओेठमा ठूलो चोट लागेर आउनुभएका उहाँले घाउ सिलाउनुपर्ने बिरामीलाई पाँच घण्टासम्म कुराएर राखेको भन्दै आक्रोश व्यक्त गर्नुभयो । अस्पतालको अत्यावश्यक कक्षको कर्मचारीलाई दशौँ पटक भने पनि वास्ता नगरेको उहाँले बताउनुभयो।

सँगै दुर्घटनामा परेर अनुहारमा चोट लागेका इश्वर अधिकारीले टाउकोमा गडेको सीसाका मसिना टुक्रा निकाल्न पनि पाँच घण्टा कुर्नुपरेको बताउनुभो । सर्वसुलभ तरिकाले उपचार पाउनुप¥यो भन्दा कर्मचारी पनि झर्किने गरेको उहाँले गुनासो गर्नुभयो । उपचारको लागि पहुँच नभएकाहरुले अकालमै ज्यान गुमाउनुपर्ने स्थिति रहेको उहाँको भनाइ छ।

तर, अस्पतालको इमर्जेन्सी शाखा प्रमुख डा.रोहन झाले भने इमर्जेन्सी कक्षबाट पाउनुपर्ने सेवासुविधामा कुनै पनि कमिकमजोरी नरहेको दावी गर्नुभयो ।

Loading...