सेवाग्राहीबाट गुनासो नआउन दिन कर्मचारीलाई मेसु डा.खड्काको निर्देशन

चितवन । सेवाग्राहीबाट कुनै पनि खालको गुनासो नआउने गरी काम गर्न भरतपुर अस्पतालले तयारी थालेको छ । अस्पतालबाट सेवा लिइएका बिरामीहरूको गुनासो आउने क्रम नरोकिएको भन्दै अस्पतालले बिरामीको निगरानी बढाएर उपचार सेवालाई प्रभावकारी बनाउने तयारी थालेको जानकारी गराएको हो।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा रविन खड्काले सेवाग्राहीबाट आएका गुनासोलाई सम्बोधन गरेर प्रभावकारी सेवा उपलब्ध गराउन पहल गरिएको जानकारी दिनुभयो । भरतपुर अस्पतालको प्रमुख मेसुको जिम्मेवारी सम्हालेकै दिनदेखी नै निगरानी बढाएको उहा“ले दावी गर्नुभयो।

अस्पतालमा कार्यरत कर्मचारीको काम र जिम्मेवारीलाई बढी ध्यान दिइएको उहा“को भनाइ छ । एक महिनाअघि आउनुभएका प्रमुख मेसु डा. खड्काले विभिन्न पक्षस“ग समेत छलफल गरेर अगाडि बढेको बताउनुभयो । अस्पतालमा कार्यरत विभिन्न विभागका चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई प्रत्यक्ष भेटेरै विरामीको सेवामा समर्पित हुन आग्रह गरिएको उहा“ले बताउनुभयो।

विरामीको समस्या बुझेर काम गर्न सम्पूर्ण कर्मचारीलाई निर्देशन दिइएको उहा“को भनाइ छ । अस्पतालमा बिरामी चाप बढी हुने ओपीडी तथा प्याथोलोजी विभागलाई चुस्त दुरुस्त बनाउने योजना सहित काम अगाडि बढेको उहा“ले बताउनुभयो । अस्पतालको सुधार गर्न जस्तोसुकै कदम चाल्न पनि पछि नहट्ने उहा“ले दावी गर्नुभयो।

तर, परिवर्तनका लागि केही समय लाग्ने उहा“ले बताउनुभयो । केन्द्रीय अस्पतालको रुपमा विकास गर्न पनि केन्द्रसम्म लविङ सुरु गरिएको उहा“को भनाई छ । जिल्ला अस्पतालको मान्यता पाए पनि केन्द्रीय अस्पताल सरहको सेवा दिएको भन्दै सरकारबाट मान्यता लिन पहल गरिरहेको उहा“ले बताउनुभयो ।

Loading...