इंग्ल्याण्डलार्इ स्तब्द पार्दै क्रोएसिया पहिलो पटक विश्वकपको फाइनलमा

रसिया विश्वकपको फाइनलमा क्रोएसिया प्रवेश गरेको छ।इंग्ल्याण्डलाई २-१ले पराजित गर्दै क्रोएसिया पहिलो पटक विश्वकपको फाइनलमा प्रवेश गरेको हो।

रसियामा भइरहेको विश्वकप २०१८ को दोस्रो सेमिफाइनलमा खेलको पाँचौ मिनेटमै पछि परेको क्रोएसियाले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेको थियो।

क्रोएसियालाई फाइनलमा पुर्‍याउन मारियो मान्डुकिचले अतिरिक्त समयमा निर्णायक गोल गरे। निर्धारित ९० मिनेटको खेल बराबरीमा सकिएपछि ३० मिनेटको अतिरिक्त समयको १९औँ मिनेटमा मान्डुकिचले पेरिसिकको पासमा गरेको गोल क्रोएसियालाई जित दिलाउन पर्याप्त भयो।

सुरुमै अग्रता लिएर पनि त्यसलाई कायम राख्न नसक्दा ५२ वर्षपछि विश्वकपको फाइनल पुग्ने थ्री लायन्सको सपना भने यस पटक अधुरै रह्यो।

सेन्ट पिटर्सवर्गस्थित लुजनिकी स्टेडियममा भएको खेलको पाँचौ मिनेटमै किरन ट्रिपीएरले फ्रिकिकमार्फत गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाएका थिए।

दोस्रो हाफको ६८औँ मिनेटमा क्रोएसियाका लागि इभान पेरिसिचले सिम भर्लाज्कोले बराबरी गोल गरे।निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरीमा सकिएपछि ३० मिनेटको अतिरिक्त समय थपियो।

क्रोएसियाले प्रिक्वाटरफाइनलमा डेनमार्क र क्वाटरफाइनलमा आयोजक रसियालाई पेनाल्टी सुटआउटमा पराजित गरेको थियो।

सन् १९९८ मा डेब्यु विश्वकपमै सेमिफाइनल पुगेको क्रोएसियाले विश्वकपमा अहिलेसम्कै उत्कृष्ट प्रदर्शन गरेको हो। २० वर्षअघि क्रोएसिया फ्रान्ससँगै सेमिफाइनलमा पराजित भएको थियो।

अब त्यही प्रान्ससँग क्रोएसियाले पहिलो पटक विश्वकप उपाधि जित्ने लक्ष्यका साथ आगामी आइतवार लुजनिकी स्टेडियममै फाइनल खेल्दैछ।

Loading...