भारतीय राज्यसभामा नेपाली पनि बोल्न पाइने

काठमाडौँ । भारतीय राज्यसभामा सदस्यहरुले नेपाली र मैथिलीमा पनि बोल्न पाउने भएका छन् ।

राज्यसभाका सभापति एम बेंकैया नायडूले मंगलबार उक्त जानकारी दिएका हुन् ।

संसदको आगामी मनसुन सत्रमा राज्यसभामा सांसदले भारतीय संविधानको आठौ सूचीमा समावेश सबै भाषामा बोल्न पाइने नायडूले बताएका छन् ।

आठौं सूचीमा समावेश २२ भाषामध्ये कुनै पनि भाषामा बोल्न पाइने उनले स्पष्ट पारेका छन् । नेपाली भाषा पनि यस सूचीमा समावेश छ।

Loading...