उपत्यकामा दिउसो ट्रिपर चलाउन नपाइने

काठमाडौं । सरकारले उपत्यकाको ३ जिल्लामा दिउँसो ट्रिपर चलाउन रोक लगाएको छ। गृह मन्त्रालयले काठमाडौं, भक्तपुर र ललितपुरका प्रशासन कार्यालय र ट्राफिकलाई दिउँसो ट्रिपर चलाउन नदिन निर्देशन दिएको हो ।

अब राति ८ बजेदेखि बिहानसम्म मात्रै ट्रिपर सञ्चालन हुनेछन् । गृहमन्त्री रामबहादुर थापाले यो नियम तत्काल कार्यान्वय गर्ने गरी निर्देशन दिएका हुन्।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांक अनुसार असार महिनामा मात्रै काठमाडौं उपत्यकामा १०८ वटा दुर्घटना भएका थिए । जसमध्ये ४० वटामा ट्रिपर संलग्न रहेका थिए ।

यसअघि मंगलबार मात्रै जडिबुटीमा ट्रिपरको ठक्करबाट भक्तपुर सल्लाघारीका १८ वर्षीय रोयल सुवेदीको मृत्यु भएको थियो ।

Loading...