विकासमा पारदर्शीता बढाउन मिडियाको भुमीका महत्वपूर्ण

चितवन । विकास र सम्वृद्धीको कामलाई प्रभावकारी रुपमा अगाडी बढाउन सञ्चार क्षेत्रको भुमिका महत्वपूर्ण हुने सरोकारवालाहरुले बताएकाछन् । नेपाल पत्रकार महासंघ चितवन शाखाले विहिवार भरतपुरमा आयोजना गरेको विकासका लागि संचार बिषयमा आयोजना गरेको अनुशिक्षण कार्यक्रममा सहभागीहरुले विकासका कामलाई पारदर्शी वनाउन मिडिया क्षेत्रको भुमीका महत्वपूर्ण हुने बताएका हुन।

कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्र प्रसाद सुवेदीले एकिकृत योजना बनाएर काम गर्ने परिपाटी नभएकाले विकास निर्माणका कामले गति लिन नसकेको बताउनुभयो । सुचना,विवरण र अभिलेखीकरणमा कमजोरी भएकाले विकास निर्माणका काम प्रभावित हुदै आएको बताउदै उहाँले सुरु गरेका काम, भइसकेका काम र भावी योजनाको प्रष्ट अभिलेख एवम विवरण भएमात्रै पनि विकास निर्माणले गति लिने बताउनुभयो।

भरतपुर महानगर अब योजनावद्ध खाका लिएर अघि बढीरहेको उल्लेख गर्दै नयां संरचनामा जांदै गर्दा केही सुस्त गति भएपनि छिटै उद्धेश्यप्राप्तीमा अग्रसर हुने सुवेदीले बताउनुभयो । विकास र सम्वृद्धीलाई सफल वनाउन मिडिया क्षेत्रको भुमीका महत्वपूर्ण भुमिका रहने उहाँ बताउनुभयो । जिल्ला शिक्षा विकास तथा समन्वय कार्यालय चितवनका प्रमुख दिपेन्द्र सुवेदीले शिक्षा क्षेत्रको विकास र आमनागरिकलाई शैक्षिक चेतनामा अग्रसर वनाउनका लागि सञ्चार क्षेत्रको भुमिका महत्वपूर्ण रहेको बताउनुभयो ।
जिल्लाका २२ सामुदायिक विद्यालयमा शुन्य दरवन्दी रहेको अवस्थामा तिन शैक्षिक शत्र कटाएकाहरुलाई विशेष अनुदान दिने तयारी गरीएको बताउदै उहाँले एक हजार भन्दा बढी विद्यार्थी संख्या भएका १३ सामुदायिक विद्यालयलाई प्रोत्साहन स्वरुप १० लाख रुपैंया बराबरको अनुदानको तयारी भएको समेत रहेको जानकारी दिनुभयो ।
जिल्ला कृषि विकास कार्यालयका प्रमुख सुधिर श्रेष्ठले जिल्लामा चितवनमा कृषि क्षेत्रमा भएका उन्नती र प्रगतीको बिषयमा मिडिया क्षेत्रले विगत देखी सहयोग रहेको बताउनुभयो । जिल्लामा कृषि कर्म गर्ने जनशक्ति अभाव हुंदै गर्दा भारतबाट आउने मजदुरको भर पर्नुपर्ने समस्या टड्कारो रहेको बताउदै उहाँले भारतिय मजदुर आउन छोडे खेत बांझै रहने खतरा बढेकोले युवा शक्तिलाई कृषिमा आकर्षित गर्न मिडियाको सकारात्मक सन्देशको आवश्यक रहेको बताउनुभयो।

जिल्ला पशु सेवा कार्यालयका डाक्टर विकास श्रेष्ठले पछिल्लो समय देश संघियतामा गएपछि भएका संरचनात्मक फेरबदलका कारण अहिले काम सुस्त जस्तो देखिएको उल्लेख गर्नुभयो । जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख विजय झाले स्वास्थ्य क्षेत्रमा भएका उपलव्धी र आइपर्ने समस्याका बिषयमा आम नागरिकलाई जानकारी गराउन मिडिया क्षेत्रको सहयोग रहेको बताउनुभयो ।
जिल्लाको विकासका लागि पत्रकार एवम सञ्चारमाध्यमले राम्रो काममा साथ र गल्ती कमजोरीमा निरन्तर खवरदारी गरे सवल विकास र सफल सम्वृद्धीको सम्भव रहेको बताउनुभयो । नेपाल पत्रकार महासंघ जिल्ला शाखा अध्यक्ष राधेश्याम खतिवडाले मिडिया क्षेत्रले अव विकास र सम्वृद्धीका बिषयलाई प्राथमिकताका साथ उठाउनुपर्ने बताउनुभयो 

जिल्लामा भएका विकास निर्माणको काम र प्रगतीसंगै कमीकमजोरीका बिषयमा समेत पत्रकारहरुले समाचारका बिषय वनाउन सके विकासमा पारदर्शीता हुने उहाँले बताउनुभयो । कार्यक्रममा सहभागी पत्रकारहरुले विकास निर्माणका काममा पारदर्शीता अभाव भएको जवाफदेही नभएको,सूचना सहज रुपमा अझै प्राप्त गर्न नसकेको धारणा राखेका थिए।

नेपाल पत्रकार महासंघ जिल्ला शाखाका कार्यसमिती सदस्य एवम् कार्यक्रम संयोजक प्रकाश सिग्देलले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रम सचिव तिर्थ नेपालले सञ्चालन गर्नुभएको थियो ।

Loading...