बुधबार साझँ बाघको आक्रमणबाट एकजना घाइते: श्रेष्ठ भन्छन् एक्कासी बाघले झम्टिएपछि बाघसग मुक्का हानाहान

चितवन । बाघको आक्रमणमा परी कालिका नगरपालिका २ पदमपुरका ३२ वर्षिया रविन्द्र श्रेष्ठ घाइते हुनुभएको छ । बुधबार साझ भरतपुरबाट मोटरसाइकलमा घर फर्किदै गर्दा खगेरी खोलाको पुल तर्ने बित्तिकै बाघको आक्रमणमा परेको घाइते श्रेष्ठले बताउनुभयो।

उहाको दाहिने खुट्टाको तीघ्रामा गहिरो चोट लागेको छ । अहिले भरतपुरस्थित सेन्ट्रल हस्पिटलमा उहँको उपचार भइरहेको छ । उहाले एक्कासी बाघले झम्टिएपछि बाघसग मुक्का हानाहानसमेत भएको जानकारी दिनुभयो । बाघसगको जुधाइमा उहाको मोटरसाइकलको सिट धुजैधुजा भएर च्यातिएको छ ।  भरतपुरको भोजाडदेखि पदमपुर छिचोल्ने यो बाटोमा हरेक वर्ष बाघले मानिसमाथि आक्रमण गर्दै आइरहेको छ।

गतवर्ष पनि बाघको आक्रमणबाट एक जनाले ज्यान गुमाए । हरेक वर्ष एउटै प्रकृतिका घटना दोहोरिएपछि यसतर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्ने उहाले बताउनुभयो । जंगलको बाटो साँघुरो हुनुका साथै वर्षाको समय दाया बायँ बाक्लो झाडी हुने भएकोले बाटो छेउको केही मिटर झाडी फँडेर सडकमा बत्ती राखे सुरक्षित यात्रा गर्न सकिने उहाको भनाइ छ।

उक्त स्थानमा बुधबार दिउसै अर्को एकजनालाई पनि आक्रमण गरेको बुझिएको छ । उहँले जंगलको बाटो यात्रा गर्दा दिउसै बाघको शिकार बन्नुपर्ने स्थिति आइपरेकोले यस विषयमा सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताउनुभयो । वन कार्यालय र जिल्ला वनले जंगली जनावरलाई असर नपर्ने तरिका अपनाएर जनताले पनि सुरक्षित यात्रा गर्न सक्ने वातावरण सिर्जना गर्नुपर्ने उहाले बताउनुभयो।

उपचारमा संलग्न चिकित्सकका अनुसार उहा अहिले खतरामुक्त हुनुहुन्छ । बाहिरी घाउ सानो देखिए पनि भित्री चोट गहिरो भएकोले केही दिन भने उपचार गर्नुपर्ने अस्पतालका कार्यकारी निर्देशक शोभाखर घिमिरेले जानकारी दिनुभयो ।

Loading...