ट्राफिक नियम पालना गराउन नयाँ नियम लेन मिचे घरमै फोन

काठमाडौँ । तिब्र गति र लेन अनुसासन पालन नहुँदा दुर्घठना बढ्दै गएका छन्। यसलार्इ नियन्त्रणा गर्न ट्राफिक प्रहरीले नयाँ नियम लागु गर्ने भएको छ।

तपाईं सडकमा सवारी गुडाउँदा कसरी लेनको पालना गराउनका लागि ट्राफिक प्रहरीले नयाँ नियम लागु गर्ने भएको हो ।

सवारी चलाउँदा लेन मिचे अथवा लेन अनुशासन पालना नगरे तपाईंको घरमै फोन बज्नेछ ।

ट्राफिक प्रहरी महाशाखाले सवारी दुर्घटना कम गर्न र सवारी चालकलाई अनुशाषित बनाउन भन्दै उपत्यकामा लेन अनुशासनको पालनामा कडाइ गरेको हो ।

यसका लागि महाशाखाले उपत्यकाका विभिन्न स्थानमा सर्भिलेन्स भेइकल राखेको छ । ति भेइकलले तपार्इको विवरण संकलन गर्ने छ। र त्यसैका अाधारमा तपार्इकै घरमा फोन बज्ने छ।

Loading...