अाज वर्षकै पहिलो सूर्य ग्रहण

काठमाडौं । आज यो वर्षको पहिलो सूर्य ग्रहण लागेको छ । बिहान करिब साढे सात बजेबाट सूर्यग्रहण सुरु भएको हो ।
सूर्यग्रहण बिहान करिब १० बजे सकिने छ ।

यो सूर्य ग्रहण अष्ट्रेलिया, मेलवर्न, अन्टार्कटिका र अष्ट्रियाको उत्तर क्षेत्र लगायतका बिश्वका विभिन्न स्थानबाट अवलोकन गर्न सकिन्छ । नेपाल र भारतबाट भने यो सूर्यग्रहण देख्न नसकिने खगोलशास्त्रीहरुले बताएका छन्।

यो वर्षको दोस्रो सूर्यग्रहण अगस्ट ११ अर्थात् साउन २६ गते देखिने छ। उक्त सूर्यग्रहण पनि नेपाल र भारतबाट देख्न सकिने छैन । त्यसलाई चीन, तिब्बत, नर्वे, मंगोलिया लगायतका स्थानबाट हेर्न सकिन्छ ।

Loading...