किमको ‘एउटा सुन्दर पत्र’ ट्रम्पलार्इ

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलार्इ उत्तर कोरियाली नेता किम जोङ उनले पत्र पठाएका छन्। गत साता किमले ट्म्पलार्इ पत्र पठाएपनि अमेरिकी राष्ट्रपति ट्रम्पले पत्रलार्इ शुक्रबार मात्र सार्वजनिक गरेका हुन्।

ट्रम्पले किमले पठाएको पत्रलार्इ सामाजिक सञ्जाल ट्वीटर मार्फत सार्वजनिक गर्दै भनेका छन्, ‘उत्तर कोरियाका अध्यक्ष किमबाट एउटा निकै राम्रो पत्र, महान उपलब्धिहरू हासिल हुँदै छन्।’

उक्त चिट्ठीमा किम जोंग– उनले अमेरिकासँग द्वीपक्षीय सम्बन्धमा ‘एउटा नयाँ भविष्य’ को आशा जताएका छन् ।

पत्र जुलाई ६ तारिखमा लेखिएको हो ।

तर उक्त चिट्ठीमा उत्तर कोरियाको तर्फबाट परमाणु निश्शस्त्रीकरणको प्रयासको कुनै कुरा उठाइएको छैन । जबकी गत महिना जूनमा ट्रम्प र किमको सिंगापुरमा भएको ऐतिहासिक भेटघाटको मुख्य एजेन्डा यहि थियो ।

पत्रमा २४ दिन अगाडि (जुन १२) मा सिंगापुरमा भएको वार्ता पछि एउटा अर्थपूर्ण यात्राको सुरूवातको रूपमा रहेको बताएका छन्।

उनले ट्रम्पलार्इ वार्ताका लागि भएका प्रयास र दुर्इ देशबीचको सम्बन्ध सुधारका लागि धन्यवाद दिएका छन् भने सहमति कार्यान्ययनमा समेत जोड दिएका छन्।

Loading...