नारायणगढ मुग्लिन सडक भासिएको ठाउँमा प्रजिअ जितेन्द्र बस्नेतद्वारा निरिक्षण,यात्रुलाइ सास्ति नपाउने गरी सहजयात्राको ब्यवस्था मिलाउन बस्नेतको निर्देशन (फोटो फिचर)

चितवन । नारायणगढ मुग्लिन सडक भासिएपछि चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले त्यसको निरिक्षण गरेका छन । सडक भासिदै गएपछि त्यसको जोखिम न्यूनिकरणका लागी बस्नेतले निर्देशनदिएका छन । शुत्रवार सकड भासिएको स्थान १७ किलोमा आफै पुगेर उनले यात्रुले दुखनपाउने गरी कामगर्न निर्देशनदिएकाहुन।

बस्नेतसंगै चितवनका प्रहरी उपरिक्षक शुसिल सिंह राठौर , शसस्त्र प्रहरी उपरिक्षक सुवर्ण थापा मगर , राष्ट्रिय अनुसन्धान विभाग चितवनका प्रमुख कुलबहादुर खड्का , जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनकाप्रहरी नायवनिरिक्षक मुनेन्द्र थापालगाएतको टाृेलीले निरिक्षण गरेको थियो।

सडकको अवस्थावारे आयोजनाका प्रमुख रोहितकुमार विशुरालले जानकारी गराएका थिए । त्यस्तै मुग्लिननजिकको रेलिङ भाचिएको खहरे पुलको निरिक्षण गरेकाथिए । रेलिङ भाच्चिएपछि उक्त क्षेत्रमा ट्राफिक सर्तकतागर्न भनिएको छ।

एकतर्फी संचालनगरिएको उक्तपुललाई तत्कालमर्मत गरिने बताईएको छ । उक्त सडक खण्डमा यात्रुले सास्ति नपाउने गरी सहजयात्राको ब्यवस्था मिलाउन प्र्मुख जिल्ला अधिकारी बस्नेतले निर्देशन दिएका थिए ।

Loading...