पाकिस्तानमा चुनावी सभामा विष्फोट हुँदा २३८ जनाको मृत्यु

काठमाडौं । पाकिस्तानमा अात्मघाती बम विष्फोट हुँदा कम्तिमा १२८ जनाको मृत्यु भएको छ। यही महिना हुन लागेको चुनावी प्रचारका लागि गरिएको चुनावी र्‍यालीमा भएको आत्मघाती बम आक्रमणमा कम्तीमा १२८ जनाको मृत्यु हुनुका साथै कैयौं घाइते भएका छन् ।

पाकिस्तानको दक्षिण–पश्चिम बोलिचिस्तान प्रान्तमा आयोजित चुनावी र्‍यालीमा इस्लामिक स्टेट (आईएस) ले अात्मघाती विष्फोट गराएको थियो।

अाइएसले विज्ञप्ति जारी गरेर घटनाको जिम्मेवारी लिएको छ

पाकिस्तानमा जुलाई २५ मा चुनाव हुँदै छ। शुक्रबार नै बन्नुमा भएको विस्फोटमा ४ जनाले ज्यान गुमाएका थिए ।

२ दिनअघि पेशावरमा आयोजित कार्यक्रममा यस्तै आत्मघाती विस्फोट हुँदा २० जना मारिएका थिए । जसको जिम्मेवारी तालिबानले लिएको थियो ।

बीबीसीका अनुसार, बोलिचिस्तानको विस्फोट भने सन् २०१४ पछिकै भयानक हो । एकपछि अर्को हिंसात्मक घटना भएसँगै पाकिस्तानमा आतंक छाएको छ ।

Loading...