खेमलाल लामिछाने साहित्य पुरस्कारबाट दुई साहित्यकार सम्मानित

चितवन । खेमलाल लामिछाने साहित्य पुरस्कारबाट साहित्यकार केशवराज आमोदी र चितवन साहित्य प्रतिभा पुरस्कार समालोचक पुर्ण प्रसाद अधिकारी सम्मानित हुनुभएको छ ।

नेपाली साहित्यमा अमुल्य योगदान दिए वापत साहित्यकार आमोदीलाई नगद ५० हजार ४५ रुपैया र अधिकारीलाई ११ हजार ४५ रुपैया सहित सम्मानपत्र प्रदान गरिएको हो।

२०५ औं भानु जयन्तीको अवसरमा त्रिभुवन विश्वविधालयका प्राध्यापक एवम् भानु प्रतिष्ठान काठमाडौंका अध्यक्ष डा.भक्तराज आर्चायले उहाँहरुलाई सम्मानित गर्नुभएको हो । सो अवसरमा परिषदका उपादध्यक्ष जगन्नाथ पण्डितले भानुभक्त आर्चायका कृतिहरुका बारेमा टिप्पणी प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका प्राध्यापक डा. आर्चायले आदीकवि भानुभक्त आर्चायले नेपाली भाषा साहित्यमा गर्नुभएको योगदानको चर्चा गर्दै भाषा साहित्य सरंक्षण गर्नुपर्नेमा जोड दिनभयो । कार्यक्रममा भानुभक्त आर्चायद्धारा अनुवादीत रामायण वरिष्ठ साहित्यकारहरुले वाचन गरेका थिए । परिषदका अध्यक्ष सुरेन्द्र अस्तफल र नारायणी कला मन्दिरका उपाध्यक्ष उद्धव जोशीको अध्यक्षता रहेको थियो ।

Loading...