नारी अभ्युदय केन्द्र नारायणगढको तिन कार्यक्रम एकैसाथ समापन

चितवन । नारी अभ्युदय केन्द्र नारायणगढले आयोजना गरेको महिला तथा बालबालिका लक्षित कार्यक्रम शनिवार एक कार्यक्रमबिच समापन गरिएको छ । भरतपुर महानगरपालिका वडा नं. १ को कार्यालयको सहयोगमा आयोजना गरिएको महिलाहरुको नेतृत्व विकास तालिम, उद्यमशिलता विकास तालिम र बालबालिकाहरुको स्वास्थ्य शिविरको समापन गरिएको हो।

कार्यक्रम आयोजनाका लागि वडा कार्यालयले १ लाख रुपैंया सहयोग गरेको संस्थाले जनएको छ । समापन कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महिलाहरुको क्षमता विकासका लागि महानगरले आगामी आर्थिक बर्षमा पनि थप प्रभावकारी कार्यक्रम आयोजना गर्ने वताइन्।

नारी अभ्युदय केन्द्रले आयोजना गरेको महिलाहरुको नेतृत्व विकास तालिममा ३२ जना र उद्यमशिलता विकास तालिममा पनि ३२ जना महिलाहरुको सहभागिता रहेको थियो । केन्द्र राष्ट्रिय आधारभुत विद्यालय नदि किनारमा आयोजना गरेको स्वास्थ्य शिविरमा विद्यालयका विद्यँर्थि र शिक्षिकाहरु गरि २ सय ५० जनाले दांत, कान र घांटी लगायतको स्वास्थ्य परिक्षण गराएका थिए।

कार्यक्रम नारी अभ्युदय केन्द्र नारायणगढकी अध्यक्ष सत्या गुरुङको अध्यक्षतामा भएको हो । कार्यक्रममा केन्द्रका सल्लाहकार एवं आदिकवि भानुभक्त माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्रि प्रसाद अधिकारी, केन्द्रकी निवर्तमान अध्यक्ष मन कुमारी सेन, कलेज अफ मेडिकल साइन्सेस भरतपुरको चिकित्सक टोलि लगायतको सहभागिता रहेको थियो ।

Loading...