चिकित्सक केसीको स्वास्थ्य थप जटिल बन्दै

काठमाडौँ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सघन उपचार कक्षमा १५ दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य थप जटिल बन्दै गएको छ ।

स्वास्थ्य जटिल बन्दै गए पनि उनले स्वास्थ्य जाँच गर्न मानेका छैनन्।

शुक्रबार साँझदेखि डा.केसी पटक–पटक अर्धचेत अवस्थामा जाने गरेको अस्पतालका मेडिकल डाइरेक्टर डा.पुजन रोकायाले बताए । ‘स्वास्थ्य अत्यन्तै जटिल छ,’ उनले भने, ‘शरीरमा अक्सिजन र ग्लुकोजको मात्रा निकै कम छ । मस्तिष्कमा रक्तसञ्चार पनि निकै कम छ ।’

यसैबीच प्रतिस्ठानले उनको इच्छा अनुसार कर्णालीमै अनशनलार्इ जारी राख्नका लागि अाफूहरू तयार रहेको जनाएको छ। त्यसका लागि अाधुनिक उपकरण तथा तयारी अवस्थामा रहेको जनाएको छ ।

Loading...