मेडिकल कलेजले विद्यार्थी पाएनन्, प्रवेश परीक्षा नदिएका भारतीय भर्ना

काठमाडौँ । नेपालमा मेडिकल कलेज कम भएको भनेर नयाँ खोल्न होडबाजी चलिरहेका बेला चलिरहेका कलेजहरुले विद्यार्थी पाइरहेका छन् ।

वीरगञ्जमा सञ्चालित नेसनल मेडिकल कलेजले नेपाली विद्यार्थी नपाएपछि भारतबाट ओसारेको छ । तर नियमविपरीत भारतीय विद्यार्थी ल्याएको विषय अदालतसम्म पुगेको छ । अझ जनकपुरको जानकी मेडिकल कलेजले त भारतीय विद्यार्थीसमेत नपाएकाले ३५ सिट खाली राखेको नयाँ पत्रिका दैनिकले समाचार प्रकाशित गरेको छ ।

त्रिभुवन विश्वविद्यालयले सम्बन्धन दिएका कलेजका लागि चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) महाराजगञ्ज र काठमाडौं विश्वविद्यालयले सम्बन्धन दिएका कलेजका लागि स्कुल अफ मेडिकल साइन्सेस धुलिखेलले प्रवेश परीक्षा लिन्छन् ।

दुवै विश्वविद्यालयले उत्कृष्ट नम्बर ल्याउने विद्यार्थीलाई कलेज रोज्न लगाएर भर्नाका लागि सिफारिस गर्छन् । तर कलेजको गुणस्तरमा विश्वास नलागेर नेसनल र जानकीमा विद्यार्थी पढ्न जान मानेका छैनन् ।

Loading...