मलेसियामा कामदारकाे तलब बढ्ने

काठकाडौँ । मलेसियामा ज्याला बढ्ने मलेसियाली निजी क्षेत्रमा कार्यरत सम्पूर्ण स्वदेशी र विदेशी कामदारहरुको न्यूनतम पारिश्रमिक वृद्धि गर्ने तयारी गरेको छ । उसले कामदारहरुको पारिश्रमिक वृद्धिसम्बन्धी नीतिगत प्रस्ताव छिट्टै नै छलफलका लागि संसदमा लग्ने भएको छ ।

मानव संशासन सम्बन्धी त्यहाँका मन्त्री एम कुलासेगरनले निजी क्षेत्रका सम्पूर्ण कामदारको मासिक न्यूनतम पारिश्रमिक १५ सय रिंगिट पुर्याउनेबारे प्रस्ताव छिट्टै संसदमा लगिने बताएको कान्तिपुर दैनिकमा समाचार छ ।

गत मे ९ को आमनिर्वाचन हुनुअगावै पकातना हारापन गठबन्धनले नयाँ सरकार गठन भएपछि साविकको पारिश्रमिकमा वृद्धि गरी मासिक पारिश्रमिक १५ सय रिंगिट पुर्याउने चुनावी प्रतिबद्धतापत्रका उल्लेख गरेको थियो । हाल प्रायद्वीप क्षेत्रमा कामदारको न्यूनतम तलब १ हजार र पूर्वी मलेसियामा ९ सय रिंगिट छ ।

Loading...